Print

जलजलामा दम्पत्ति हत्या : अनुसन्धानको लागि विशेषज्ञ टोली घटनास्थलमा जाँदै


२० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दहमा एक दम्पत्तिको विभत्स हत्या भएको भएपछि हत्याको अनुसन्धान शुरु भएको छ । प्रहरी कार्यालय प्रमुख खुमलाल भुषालका मृत्युको कारण खोज्नका लागि पोखराबाट विशेषज्ञको टोली घटनास्थलमा जाँदैछ । विशेषज्ञको टोलीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्नेछ । प्रारम्भिक रुपमा हेर्दा दम्पत्ति परिर्वतको हत्या भएको देखिए पनि अनुसन्धान पछि मात्र त्यसको पुष्टि गर्न सकिने प्रहरी अधिकृतहरु बताउँछन् ।

घटनामा ६९ बर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका थिए । विहान ८ बजेसम्म पनि छोराबुहारीले फोन गर्न दम्पत्तिले फोन नउठाए पछि उनको परिवारले दम्पत्तिको खोजी गरेको थियो । घरमा खोज्दै जाँदा दम्पत्तिको मृत्यु भइरहेको थियो ।

आर्थिक लुटपाटको प्रयास हुँदा दम्पत्तिको हत्या भएको हुनसक्ने स्थानीयले प्रारम्भिक अनुमान गरेका छन् । पोखरामा घडेरी किन्नका लागि भन्दै मृतक घर्तिले सहकारी र अन्य संस्थामा पैसा ऋण माग्न हिडेका थिए । आर्थिक लुटपाटको प्रयास वा अन्य कुनै कारणले दम्पत्तिको हत्या भएको प्रहरीले भने प्रारम्भिक रुपमा केहि उल्लेख गरेको छैन् ।

मृतक दम्पत्तिका ३ वटा छोराहरु रहेका छन् । २ जना वैदेशिक रोजगारीका लागि कोरिया रहेको र एक जना पर्वत वेनीमा ब्यवसायमा संग्लन्न रहेको वडा न २ का वडाअध्यक्ष प्रकाश घर्तिले जानकारी दिए ।

अहिले स्थानीयबासी सहित प्रहरीको टोली घटनास्थलमा रहेको छ ।