Print

नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्माको तेस्रो परिषद् सम्पन्न


२७ फागुन, पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्मा नगर समितिको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य शारदाकुमारी शर्मा परिषद्को उद्घाटन गरेकी थिइन् । परिषदलाई सम्बोधन गर्दै शर्माले शिक्षकहरुले आफ्नो पेशागत मर्यादा जोगाउनुपर्ने धारणा राखिन ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष रोम हर्षण पौडेल र प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षक हक हित र अधिकारका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोविन्द पहाडी शिक्षा बिकास तथा समन्वय इकाइ पर्बतका प्रमुख उद्दिमराज पौडेल, कास्कीका सचिवालय सदस्य प्रदीप न्यौपाने मन्तब्य राखेका थिए ।

कार्यक्रममा शिक्षकहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठनको लागि सांगठनिक प्रशिक्षण एवं मोबाइल एपको विषयमा सिकाई प्रविधि सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध पूर्व शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्मा नगर समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव झलक पौडेल गरेका थिए ।