२२ माघ, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरी दोस्रो पटक मन्त्री बनेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदको जिम्मेवारी फेरबदल गरेका हुन् ।
पर्वतबाट निर्वाचित नेकपा एमालेका सांसद गिरी सहित माओवादीका हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पाटीका डिपी अर्यालले मन्त्रीको सपथ लिएका हुन् ।
सोमबार विस्तारीत मन्त्रीपरिषदमा ३ जनाको मात्र सपथ भएको छ, भने बाँकी मन्त्रीहरुको गठबन्धनको निर्णय पछि मात्र सपथ हुने भएको छ । एमाले र स्वतन्त्र पाटीका वीचमा गृह मन्त्रालयको विषयमा विवाद भएका कारण गिरीले पाउने भनिएको गृह मन्त्रालय हालका लागि रोकिएको छ ।
स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछानेले पुनः गृह मन्त्रीमा इच्छा जाहेर गरेका छन् । एमालेले गृह पाएको खण्डमा गिरीलाई गृह मन्त्री बनाउने एमालेको तयारी छ । बाँकी मन्त्रालयहरुको बिषय अझै टुंगो लागेको छैन् ।




