Print

पर्वतबाट कालीगण्डकीको शिला रौतहटको गडीमाइ लगियो


२४ माघ, पर्वत । हिन्दुधर्ममा पवित्र मानिएको कालीगण्डकी नदीको शिला रौतहट जिल्लाको गडीमाइ नगरपालिका वडा न ७ मा रहेको धर्मपुरा मन्दिरमा लगिएको छ । मन्दिरमा निर्माण हुन लागेका शिव मन्दिरमा मुर्ति बनाउनका लागि उक्त शिला लगिएको हो । गडीमाइ ७ मा निर्माण हुन लागेको गरिबननाथ शिब मन्दिरमा मुर्ति बनाउनका लागि जलजला ३ मा पर्ने पर्वत बेनीको भागबाट उक्त शिला लगिएको छ । नदी किनारमा रहेको शिलालाई नदीका अध्येता कुलराज चालिसे सहितको टोलीले पहिचान गरेको थियो । ८ देखि १० टन तौल भएको उक्त शिलालाई बैद्धिक विधि अनुसार पुजा आजा गरी मन्दिरमा लगिएको विभिन्न अनलाईन सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।

नदीबाट लगिएको उक्त शिलालाई गडीमाई नगरपालिका परिक्रमा गरी मन्दिरमा लगिनेछ । यस अघि म्याग्दी जिल्लाको गलेश््रवर क्षेत्रबाट करिब १६ मेट्रिक टन तौल भएको सात फिट लम्बाई, पाँद्ध फिट चौडाई र तीन दशममलब पाँच मिट मोटाई रहेको शिवा भारतको अयोध्यामा लगिएको थियो ।

यसैगरी कुश्मा १ पाङ सहस्रधाराबाट केहि महिना अघि मात्रै चक्रशिला निर्माणको लागि चितवनको माडीमा लगिएको थियो । नदी किनारमा भेटिने शिलाहरुलाई पवित्र ढुंगाको रुपमा पुजा गरिन्छ । नदीमा भेटिने शिला मानिसको घरमा राखेको खण्डमा घरमा भगवानको बास हुने धार्मिक मान्यता रहँदै आएको छ । पछिल्लो समयमा नदीका शिलाहरुको महत्व बढ्दै गए पनि नदीमा हुने अवैध उत्खनन्का कारण भने शिलाहरु लोभ हुने अवस्थामा पुगेका छन् । हिन्दू बैद्धिक विधि अनुसार नदीका रहेका शिलाहरुको पुजाआजा गर्दा धार्मिक रुपमा शुभ फल प्राप्त हुने विश्वास रहँदै आएको छ ।

कालीगण्डकी नदीलाई धार्मिक दर्शनमा पवित्र नदीको रुपमा समेत परिभाषित गरिएको छ । दामोदर कुण्डबाट उत्पती हुने यस नदी चितनवको देवघाटमा पुगेपछि भने नारायणी नदीको रुपमा परिणत हुन्छ । नदी किनारमा भेटिने शिलाहरुको खोजी गर्न र त्यसलाई पुजा गर्नका लागि धार्मिक विशेष पर्वहरुमा भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । पछिल्लो समयमा नदी संरक्षण र शिलाको महत्वलाई विश्वसामु चिनाउनका लागि नागरिक तहबाट पनि अभियान्ताहरुले अभियान चलाउँदै आएका छन् । नदीको शिलाको महत्व झल्काउनका लागि बागलुङमा शालग्राम संग्राहलयको समेत स्थापना गरिएको छ ।

कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ । नदीको महत्वसंगै यतिबेला शालिग्राम शिलाको महत्व पनि बढिरहेको छ ।