Print

विपन्न परिवारलाई खाद्यन्न सहयोग

१५ माघ, पर्वत । कुश्मा नगरपालिका वडा नं ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।

स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग गरिएको हो । परियारकी आमा बुद्धिकुमारीको शनिवार निधन भएपछि काजकिरिया गर्न समेत समस्या भएपछि खाद्यान्न सहयोग गरिएको स्थानीय तथा एमाले नेता सिर्जन पौडेलले जानकारी दिए ।

दैनिकजसो ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्दै आएको परिवारमा काजकिरिया गर्न समेत समस्या भएको देखेपछि खाद्यान्न सहयोग गरिएको पौडेलले बताए ।

पिडित पविारको घरमै लगेर उक्त राहत हस्तान्तरण गरिएको हो । खाद्यान्न हस्तान्तरणका लागि एमाले नेता मनोहरबि पौडेल, गोविन्द पहाडी, इश्वर गिरी, केदारनाथ शर्मा, मिनप्रसाद श्रेष्ठ, मुगा पोखरेल वडा कमिटि अध्यक्ष कुलप्रसाद पोखरेल लगायत घरमै पुग्नुभएको थियो । सो अवसरमा मृतकको परिवारमा समवेदना समेत व्यक्ति गरिएको थियो ।