Print

शसस्त्र प्रहरीलाई कुश्मा नगरपालिकाले दियो दैविक प्रकोप उद्धार सामाग्री


१४ माघ, पर्वत । जिल्ला स्थित कुश्मा नगरपालिकाले शसस्त्र प्रहरीलाई दैविक प्रकोप उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नगर प्रमुख रामचन्द्र जोशीले उक्त राहत सामाग्री प्रदान गरेका हुन् ।

शसस्त्र प्रहरी बल २५ नम्बर गणका कुश्माका प्रमुख अरविन्द्र श्रेष्ठलाई जोशीले नगरपालिका परिसरमा उद्धार सामाग्री हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपदहरुमा उद्धारमा प्रयोग हुने सामाग्री नगरपालिकाले उपलब्ध गराएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले नगर भित्रका विपद्का घटनाहरुमा शसस्त्र प्रहरी अग्रमोर्चामा खटिने गरेको भन्दै उद्धार कार्यमा सहज होस् भनेर उक्त सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

विपद् ब्यवस्थापन कार्य अन्तर्गत नगरपालिकाले उद्धार सामाग्रीहरु १ लाख ५० हजार बराबरको खरिद गरेर शसस्त्र प्रहरीलाई उपलब्ध गराएको हो ।

प्रहरी प्रमुख श्रेष्ठले उद्धार सामाग्रीहरुले उद्धार कार्यमा सहजता ल्याउने विश्वास ब्यक्त गरे ।