Print

सरकारले जनअपेक्षा पुरा गर्न सकेन : प्रमुख सचेतक गिरी


९ माघ, पर्वत । प्रतिनिधि सभाका सांसद तथा एमाले प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारले जनअपेक्षा पुरा गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार पर्वतको फलेवास ६ देविस्थानमा आयोजीत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उदघाटन गर्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् ।

सांसद गिरीले जनताका तमाम समस्या समाधान गर्न सरकारले कुनै पनि काम गर्न नसकेको बताए । उनले आर्थिक मन्दी र युवाको विदेश पलाएन रोक्नका लागि सरकारसंगै कुनै ठोस योजना नभएको समेत बताए ।

सरकार बनेको १ बर्षमा देखिने गरी जनतासंग सरकारले कुनै काम उल्लेख गर्न नसक्ने समेत गिरीले जिकिर गरे ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी उपप्रमुख शोभा क्षेत्री फलेवासका पूर्व नगर प्रमुख पदमपाणी शर्मा लगाएतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको आयोजना शान्तिचौर युवा क्लबले गरेको हो ।