Print

कुश्मामा कांग्रेसको जिल्ला सम्मेलन, भण्डारीको देउवालाई ब्यङग –‘म अझै मन्त्री भएको छैन’


८ माघ, पर्वत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले पाटी सभापति शेरबहादुर देउवाकै अगाडि आफू अहिलेसम्म मन्त्री नभएको भन्दै ब्यङग गरेका छन् । पर्वतको कुश्मा बजारमा आयोजीत कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै नेता भण्डारीले पटक पटक निर्वाचन लडे पनि आफूलाई सभापतिले अझै पनि मन्त्री नबनाएको बताएका हुन् ।

भण्डारीको ब्यङग गरेपनि देउवालाई हाउभाउ मार्फत प्रतिक्रिया दिएका थिए । भण्डारीले अवसर नपाउँदैमा पाटी कमजोर बनाउन नहुने भन्दै यस्तो ब्यङग गरेका थिए

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले देश विकास नहुनुको कारण खोजेर विकासका आयामहरुको खोजी गर्नुपर्ने धारणा राखे । उनले दिन दिनै युवाहरु वैध र अवैध बाटोबाट देश छोडेर विदेशीएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे ।

पाटी नेता भण्डारीले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्नेर बस्न नहुने कुरा समेत स्मरण गराए । उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको विषय प्रतिगमन नभएको स्पष्ट पारे । जनताका वीचमा जाने कुरा प्रतिगमन नभएको भन्दै त्यो बेलामा कांग्रेस चुनावमा जानुपर्ने कुरामा चुकेको समेत उल्लेख गरे । उनले चुनावमा नभएको कांग्रेसले अर्को निर्वाचनमा बाध्य भएर गठबन्धन गरेको समेत स्विकार गरे ।

कार्यक्रममा नेता भण्डारीले आगामी पुस्ताले विकासको खोजी गरेको भन्दै देशका अव विकासको बहस हुनुपर्ने धारणा राखेका थिए ।