Print

सिरकमुनी बसेर नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढ्यो : नेता जोशी

१ पुष, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जनताको बीचमा कहिल्यै नजाने तर घरमै सिरकमुनि बसेर नेतृत्वले केही गरेन भनेर सामाजिक सञ्जालमा गाली गर्ने परिपाटीले जनतामा भ्रम र निराशा बढाएको बताएका छन् ।

नेपाली काँग्रेस प्रदेशसभा ‘क’ पर्वतको प्रथम क्षेत्रीय सम्मेलनलाई कुश्मामा सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य जोशीले यस्तो कुरा बताएका हुन् ।

नेता जोशीले शुभचिन्तक र कार्यकर्ताहरूमा काँग्रेसका प्रति पूर्ण विश्वास भएपनि सामाजिक सञ्जालदेखि चोक र होटलमा बसेर पार्टी र नेतृत्वको निन्दा गर्नेहरूका कारण संगठन पनि धराशायी भएको दावी गरे । उनले काँग्रेसलाई असफल देखाएर देशकै व्यवस्थाप्रति आक्रमण गर्ने सुनियोजित षडयन्त्रबाट बच्न सबै काँग्रेस कार्यकर्तालाई आग्रह गर।

नेता जोशीले पार्टीले अघि सारेका नीति र कार्यक्रम सबै ठिक छन् भन्ने पक्षमा आफूपनि नरहेको उल्लेख गर्दै पार्टी नेतृत्वले जनतालाई आशा जगाउने कार्यक्रम बनाएर सरकारलाई दवाव दिनुपर्ने कुरामा जोड दिएका थिए ।