Print

जाजरकोट भुकम्प : पर्वतमा भएन क्षति


१८ कार्तिक, पर्वत । गए राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पको धक्का पर्वतमा पनि महशुस गरिएको थियो । ६.४ रेक्टर स्केलको शक्तिशाली भुकम्प महशुस गरिएको पर्वतमा हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यले गए राती देखि नै सुरक्षा निकायका सवै अंगहरुलाई क्षतिको विवरण संकलन गर्न लगाए पनि विहान ८ बजेसम्म क्षतिको कुनै खबर प्राप्त नभएको उल्लेख गरे ।

उनले नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले क्षतिको विवरण संकलन गर्ने प्रयास गरीरहेको समेत जानकारी दिए । ‘हालसम्म मानवीय र भौतिक क्षतिको विवरण प्राप्त छैन’ आचार्यले पर्वत न्यूजलाई भने ।

शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा भने ९२ जनाको मृत्यु भएको खबर छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकमारी दिएको विभिन्न अनलनालई सञ्चार माध्यमहरुमा समाचार सवाृज्निक भएका छन् ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताएका छन । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।