१७ कार्तिक, पर्वत। शुक्रबार मध्यरातमा पर्वत जिल्लामा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको छ । रातको ११.४७ बजे भुकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको बिभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।
मध्यरातमा गएको भुकम्पको थप विवरण प्राप्त हुन बांकी छ ।




