Print

बेनी–जोमसोम सडक अवरुद्ध


२३ साउन, म्याग्दी । बेनी–जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो देखि अवरुघ सडक मंगलबार विहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक नखुलेको हो ।

सडकमा सवारीसाधनको लामो लाइन छ । आइतबार र सोमबार दिनभर सडक खुलाउने प्रयास गरेपनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । सडक माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो नरोकिए सम्म सडक सञ्चालन गर्न सम्भव छैन ।’’

सडकमाथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उनले बताए । वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रुहरू बैसरीमा अलपत्र परेका छन् । म्याग्दीका पत्रकार ठाकुरप्रसाद आचार्यले तयार गरेको समाचार ।