Print

साना उद्यमीका आफ्नै पिडा

२३ असार, पर्वत । जिल्लाकोफलेवास नगरपालिका भित्र छरिएर रहेका उद्यमी तथा व्यावसायीहरुको व्यावसायिक विकास, हित र प्रवद्र्धनका लागि उद्यमीसँग चौतारी कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल पर्वत शाखाको आयोजना र फलेवास नगरपालिकाको आर्थिक सहयोगमा एक दिने अन्तरक्रिया गरिएको हो । तालिममा नगर भित्र रहेका कृषि तथा लघु उद्यम गरेका उद्यमीहरुको बाक्लो उपस्थिति रहेको थियो । उद्यमीहरुको संघर्ष, सफलता र चुनौतीको विषयमा व्यापक छलफल गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले नगर भित्रका लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धन र विकासका लागि विगत वर्षदेखिनै रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले आफु ग्रामीण क्षेत्रमै कृषि, पशुपालन, तरकारी लगायतका उद्यम गरेर अहिले यो अवस्थासम्म आईपुगेको बताउँदै उद्यममा लागेर तत्कालको फाईदा नहेरी निरन्तरता दिनुपर्ने बताए ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरभित्र थुप्रै खालका उद्यमहरु संचालन भएपनि आवश्यक प्रचार प्रसार र प्रवद्र्धनको अभावमा बजारीकरण हुन नसकेको बताउँदै आफ्ना उत्पादनहरुको प्रचार प्रसार गर्न आग्रह गरे ।

कार्यक्रमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिब सुष्मा शर्माले उद्यमीहरुलाई आफ्ना उद्यमको प्रवद्र्धन, विकास र विस्तारका लागि अपनाउनुपर्ने उपायहरु र उद्यमीहरुका निम्त उत्प्रेरणा मुलक विषयमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रमा प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, फलेवास नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायणप्रसाद लामिछाने, लघु उद्यमी संघका पूर्व केन्द्रीय अध्यक्ष केशाकुमारी दमिनी लगायतले बोलेका थिए । प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपेश वि पोखरेल र समापन पूर्व अध्यक्ष लक्ष्मण सापकोटाले गरेका थिए ।