१६ जेठ, पर्वत । कलाकारिता क्षेत्रमा क्रियाशिल रहँदै गर्दा मृत्यु भएका कलाकार मान जी सुरागमनलाई मरणोपरान्त सम्मान गरिएको छ । पर्वत साहित्य समाजले पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका वीच कलाकार सुरागमनलाई मरोपरान्त संस्कृति साहित्य पुरस्कार तथा सम्मान २०८० बाट सम्मान गरेको हो ।
मानबहादुर नेपाली कलाकारिता क्षेत्रमा आफूलाई मान जी सुरागमनको नामबाट चिनाउने गर्दथे । सुरागमनको परिवारलाई साहित्य संगमनले पुरस्कृत गर्दै सम्मान गरेको हो । विगत २ दशक बढि समय देखि पर्वत जिल्लाको साहित्यको क्षेत्रमा क्रियाशिल साहित्य संगमले विभिन्न ६ श्रष्टालाई सम्मान तथा पुरस्कार दिने क्रममा सुरागमनलाई समेत पुरस्कार वितरण गरेको हो ।
मृतक सुरागमन जनसांस्कृतिक महासंघ, दोहोरी गीत प्रतिष्ठान लगाएतका संस्थाहरुमा आवद्ध थिए । उनको मृत्यु २०७८ साल जेठ १५ गते भएको थियो ।
कार्यक्रममा साहित्यकार संगमका पूर्वअध्यक्ष इन्द्रमान खत्रीलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, बागलुङका साहित्यकार याम बहादुर ढुङ्गाना केसीलाई डिल्ली राधा साहित्य पुरस्कार , साहित्यकार गणेश कुमार जिसीलाई मान पदम स्मृति साहित्य पुरस्कार, साहित्यकार टुकनाथ रेग्मी वेलुरामलाई गोपीनन्द स्मृति साहित्य पुरस्कार, ।म्याग्दीका गणनाथ पौडेललाई कृष्णा उद्योग साहित्य पुरस्कार समेत उक्त अवसरमय विरतण गरिएको थियो ।
उक्त पुरस्कार तथा सम्मान कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले हस्तान्तरण गरेका थिए ।




