Print

कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा थप १९ किलोमिटर सडक कालोपत्रे


११ जेठ, पर्वत । दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वत खण्डमा थप १९ किलोमिटर सडक कालोपत्रे भएको छ । विहादी गाउँपालिकाको रानीपानी देखि फलेवासको पाङराङसम्म झण्डै १९ किलोमिटर सडकमा कालोपत्रे भएको हो । रानीपानी देखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकमा अझै ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । बर्राचौर स्थित खवरको भीर र पाङराङ देखि फलेवासको ढिकसम्म अव ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको हो ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वतको अर्मादी देखि स्याङजाको मिर्मीसम्मकोे ५४ किमी सडक खण्डको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने काम ६ ओटा निर्माण कम्पनिले गरिरहेका छन् । पर्वतको कुश्मा देखि अव केहि समयमै साइकलमै चढेर विहादी र पैयू पालिकामा पुग्न सकिने भएको छ सडक ।

उक्त खण्डको मिर्मी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रेको लागि काम भईरहेको छ । सेतीवेणी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम भईरहेको हो । सेतीबेणी देखि पर्वतको रानीपानी सम्म ७ किलोमिटर सडकमा प्यासिफक जलजला जे.भि.ले कालोपत्रे गर्ने काम गरेको छ ।

पर्वतको कुश्मा देखि अव केहि समयमै साइकलमै चढेर विहादी र पैयू पालिकामा पुग्न सकिने भएको छ सडक ।

यो खण्डमा ६५ प्रतिशत भन्दा बढी सकिएको छ । रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक खण्डमा पनि कालोपत्रे गर्न दुई निर्माण कम्पनिले काम धमाधम गरिरहेका छन् । उक्त खण्डको रानीपानी देखि खबरको भिर सम्म ६ कि.मि.सडकको काम महालक्ष्मिी पाण्डे एण्ड कम्पनी जे.भी.ले गरेको छ । खबरको भिर देखि फलेवास ढिक सम्मको सडक खण्डको १६ कि.मि.मा स्वच्छन्द वर्डवाईड ओमबुद्ध जे.भी.ले स्तारोन्नती र कालोपत्रे गर्ने काम गरिरहेको छ । सेतीवेणी देखि फलेवास सडक खण्ड यसै आर्थीक बर्षमानै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।


मिर्मी देखि सेतीबेणी सम्मको सडक खण्डको स्तरोन्नतीका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनिले काम थालेका छन् । उक्त खण्डको ३ कि.मि.सडकको काष्टमाण्डप कालिमनकामना जे.भी.ले गरेको छ भने ७ कि.मी. सडकको काम महादेव खिन्ती अन्जना पराजुली जे.भि.ले गरेको छ ।

उक्त सडक खण्डमा पनि कालोपत्रे गर्नको लागि अँिहले स्तरोन्नती तथा फाउण्डेशनको काम भईरहेको छ । मिर्मी देखि सेतीबेणी बिचको भीरमा कडा चट्टान परेको कारण कामले गति लिन नसकेको हो । हाल उक्त स्थानमा पनि काम शुरुवात भएको छ । उता, फलेवास मोदीवेणी देखि अर्मादीसम्मको ट्रयाक खन्ने काम सकिए पनि त्यसको स्तरोउन्नतीको काम भने बाँकी छ । सडक खण्डको सवै पर्वत खण्डमा ट्रयाक भने पुरा भएको छ । मिर्मिमा मोटरेवल पुल, मोदीवेणीमा र सेतीवेणीमा पनि मोटरेवल पुलको काम सकिएको छ ।