३ चैत, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वाड न ८ ओढारेमा भएको वस दुर्घटनामा ५ जना घाइते भएका छन् । कुश्मा बाट डिमुवा जाँदै गरेको र डिमुवाबाट कुश्मा आउँदै गरेको दुई बस एक आपसमा ठोकिएका थिए । कुश्माबाट डिमुवा जाँदै गरेको ग १ ख ८४८६ नम्बरको बस र पोखराबाट कुश्मा आउँदै गरेको ध १ ख ८५ एक आपसमा ठोकिदा ५ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १ जनाको अवस्था गम्भिर भएकाले पोखरा मणिपालमा रिफर गरिएको छ भने बाँकी ४ जनाको उपचार पर्वत अस्पतालमा भईरहेको छ ।
घाइते हुनेहरुमा ग १ ख ८४८६ वसका चालक मोदी २ पातिचौर बस्ने ४० बर्षको टेकबहादुर क्षेत्री छन् । क्षेत्रीलाई पोखरा रिफर गरिएको छ ।
यसैगरी अन्य घाइतेहरुमा मोदी २ घर भएका सह चालक ४१ बर्षको अमृत नेपाली, कुश्मा ६ का २० बर्षका सञ्जोग मगर, कुश्मा ८ का २८ बर्षका कुलबहादुर विक, कुश्मा ८ घर भएका २७ बर्षका विशाल दर्जी रहेका छन् ।
घाइते ४ जनाको पर्वत अस्पतालमा उपचार भईरहेको छ ।
Print
अपडेट : बस दुर्घटनामा ५ जना घाईते



