१ चैत, पर्वत । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले बैशाख महिना पछि देशको राजनैतिक समिकरण बदलिने दाबी गरेकी छिन् । पर्वतको भुकमा आयोजित राष्ट्रिय सभा अध्यक्ष कपको समापन कार्यक्रममा बोल्दै सचिव अर्यालले राजनैतिक दलहरूले अस्थिरताको शुरुवात गरेको भन्दै बैशाख महिना पछि देशमा राजनैतीक समिकरण बदलिने दाबी गरेकी हुन् ।
एमालेले स्थिरताको लागि निर्माण गरेको गठबन्धन भत्किएको बताउदै अर्यालले अबका सबै समिकरणहरु दुई तिन महिनामै बदलिदै जाने बताइन । देशमा राजनैतीक अस्थिरता कारण आर्थिक अवस्था धरासायी हुँदा ब्यबसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताउँदै अर्यालले यसको मुख्य भागिदार कांग्रेस माओवादी भएको दाबी गरिन । बैंकहरुले र्रिण दिनसक्ने अवस्था नभएको भन्दै देश आर्थिक रुपमा टाट पल्टदै गएको अर्यालको भनाई थियो ।
पाटि सचिव अर्यालले देशमा राजनैतीक दलहरूको संख्या पछिल्लो निर्वाचनमा बृद्धि भएको उल्लेख गर्दै अस्थिरताको शुरुवात निर्वाचनमा भएको गठबन्धन समेत भएको कुरा उल्लेख गरिन ।
अर्को एक प्रसङ्गमा मन्त्री अर्यालले पछिल्लो समय खेलकुद मार्फत देशको पहिचानमा बृद्धि भएको बताइन । उनले ओलि सरकारको पालामा खेलाडीको लागि बिमाको शुरुवात गरिएको र उपचारको समेत प्रबन्ध गरिएको भन्दै त्यसपछि खेलाडीको मनोबल उच्च हुदै गएको उल्लेख गरिन् ।




