Print

पर्वतमा एमालेको ग्रासरुट अभियान बस्ती-बस्तीमा

३० फागुन, पर्वत । नेकपा एमालेको ग्रासरुट अभियान पर्वत जिल्ला भरी सुचारु छ । एमालेको केन्द्रिय किमिटको निर्णय बमोजीम सञ्चालन भएको ग्रासरुट अभियान अन्तर्गत पर्वतका सवै वडाहरुमा एमालेले ग्रासरुट अभियान सञ्चालन गरीरहेको छ ।
संगठनलाई बलियो बनाउने, संगठन विस्तार गर्ने र संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ सञ्चालन भईरहेको ग्रासरुट अभियानले एमालेको संगठन चलायमान भएको हो । एमाले जिल्ला कमिटिको वैठकले गरेको निर्णय बमोजीम प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरुका लागि सम्बन्धित भूगोल तोकिएको हो । भूगोलमा संगठनका गतिविधिहरु सञ्चालन भईरहेको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए ।


पहाडीका अनुसार अहिलेसम्म सवै पालिकाहरुमा पालिका स्तरीय कार्यक्रमहरु सम्पन्न भई वडा र वस्ती स्तरका छलफल, वैठक र अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन भईरहेको छन् ।


एमाले प्रचार विभाग प्रमुख तथा जिल्ला उप सचिव बिमल लामिछानेका अनुसार एमालेका सवै तहका पदाधिकारीहरु यो अभियानमा संग्लन्न छन् । भूगोल विभाजन गरेर पाटी सदस्यता नविकरण र संगठन सुदिढिकरण कार्यक्रम निरन्तर सञ्चालन भईरहेको र केहि दिनमै यो अभियान सम्पन्न हुने प्रचार विभाग प्रमुख लामिछानेले जानकारी दिए ।


अभियान अन्तर्गत केन्द्रिय कमिटिबाट पालिका स्तरीय जिम्मेवारी लिएर समेत पाटीका नेताहरु खटिएका छन् । विहादी र पैयू गाउँपालिकामा केन्द्रिय सदस्य सूर्य पाठक, महाशिला गाउँपालिकामा सावित्रा राना, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा सिन्ता सुन्दास र सविता रसाईली, जलजला गाउँपालिकामा टासी स्याङवो गुरुङले मोर्चा सम्हालिरहेका छन् । यसैगरी प्रदेश कमिटि र जिल्ला कमिटि सदस्यहरुलाई पनि सोहि बमोजीमका भूगोलको जिम्मेवारी बाँडफाँड गरिएको जिल्ला पाटी अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।


पौडेलका अनुसार अभियानले एमाले थप शसक्त पाटीको रुपमा जिल्लामा स्थापीत हुनेछ ।