Print

मृगौला पिडित गिरीलाई १ लाख ६६ हजार नगद सहयोग


२८ फागुन, पर्वत । शिवालय माध्यमिक विद्यालयको २०५९ एसएलसी ब्याचका पूर्व विद्यार्थीहरुले मृगौडा पिडितका लागि नगद सहयोग गरेका छन् । मृगौला पिडित गोपाल गिरीको सहयोगका लागि विद्यार्थीहरुले १ लाख ६६ हजार १ सय २५ रुपैया हस्तान्तरण गरेका हुन् ।

पूर्व विद्यार्थीहरुले संगै पढेको साथि जयन्ति गिरीको श्रीमान कुश्मा नगरपालिका वडा न २ निवासि गोपाल गिरीको स्वास्थ उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको पूर्व विद्यार्थी नवराज गिरीले जानकारी दिए ।

उक्त रकम देश र विदेशमा रहेका साथिहरुबाट संकलन गरिएको थियो । साथै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा आवश्यक सहयोग गर्ने र गरीब तथा जेहेन्दार विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले केही समय भित्र विद्यालयमा १ लाख बराबरको अक्षयकोषको स्थापना गरिने पूर्व विद्यार्थीहरुले बताएका छन् ।