११ मंसिर, पर्वत । २०७४ सालको आम निर्वाचनमा देश भर जस्तै पर्वत जिल्लामा पनि एमाले र माओवादी वीच तालमेल भयो । संघीय प्रतिनिधि एमालेले पायो, प्रदेश सभा तर्फका २ सिट मध्ये १ सिट एमाले र १ सिट माओवादीको भागमा परयो । दलीय सहमती बमोजीम प्रदेश सभा १ मा माओवादीको उमेदवार उठे भने प्रदेश सभा २ मा एमालेका उमेदवार । उक्त निर्वाचनमा संघ सहित ३ वटै क्षेत्र तालमेले गर्ने दलहरु जितेका थिए ।
एमाले र माओवादी वीचको उक्त तालमेल अन्ततः पाटी एकतासम्म पुग्यो । पाटी एकता भएर नेपाल कम्युनिष्ट पाटी गठन त भयो तर, दलका नेताहरु वीचको खटपटले उक्त पाटी पुनः विभाजन भयो । पाटी विभाजन पछि बनेको कांग्रेस माओवादी गठबन्धनले २०७९ सालको आम निर्वाचनमा साझा उमेदवारहरु प्रस्तुत गरयो ।
पर्वत जिल्लामा साझा उमेदवारको रुपमा कांग्रेसले संघीय उमेदवार र प्रदेश सभा २ मा उमेदवार उठायो । उता, माओवादीले भने प्रदेश सभा १ मा आफ्नो उमेदवार उठायो । प्रदेश सभा १ मा माओवादीको तर्फबाट पाटीका केन्द्रिय सदस्य सुदीप कुँवर उमेदवार बने । कुवँरको उमेदवारी भने यस पटक एमालेलाई जीत निकाल्न सहज बन्यो । कुँवर एमालेका उमेदवारसंग हारे ।
यस अघि २०७४ सालको निर्वाचनमा सम्मानजनक मत सहित माओवादीका उमेदवार नेत्र अधिकारी विजयी भएका थिए । अधिकारी प्रदेश सभाका सभामुख समेत भए । तर, उनै अधिकारीले जित निकालेको पर्वतको प्रदेश सभा १ यस पटक माओवादीले गुमाएको । यो संगै पर्वतमा माओवादीको संसदीय सिट शुन्यमा झरेको छ ।
एमालेसंगको तालमेलमा १ सिट जितेको माओवादीले कांग्रेससंगको तालमेलमा उक्त सिट गुमाएको हो ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ




