१० मंसीर, पर्वत । जिल्लाबाट लगातार संसदीय भूमिकामा एकछत्र राज गरेका नेपाली कांग्रेसका नेता अर्जुन जोशीलाई चौथो पटक असफलता मिलेको छ । २०७४ सालको निर्वाचनमा पहिलो ब्रेक लागेपछि धेरैको अनुमान थियो, जोशी राजनीतिबाट पलाएन हुन्छन् । तर, जोशी निरन्तर राजनीति मै लागे । उनले जिल्ला छोडेनन् । नेपाली कांग्रेसलाई जिताएर मात्र राजनीतिबाट विश्राम लिन्छु भनेर जोशी निरन्तर राजनीतिमा सक्रिय भए । तर, उनको सक्रियता दोस्रो पटक पनि असफल भयो । २०७९ सालको आम निर्वाचनमा उनी दोस्रो पटक पराजीत भए । संसदीय राजनीतिमा पर्वत जिल्लाबाट ३ पटकसम्म निर्वाचन जितेर ह्याट्रिक गरेका जोशी चौथो पटक संसद भवन छिर्न पाएका छैनन् । जोशीको यो चौथो असफलता हो ।
उनी यस अघि पाटीको आन्तरीक जीवनमा पनि दुई पटक र संसदीय निर्वाचनमा एक पटक असफल भईसकेका छन् । पाटीको केन्द्रिय सदस्य पदमा हार ब्यहोरेका उनी पाटीको प्रदेश अध्यक्षको निर्वाचनमा उमेदवार बने । उक्त निर्वाचनमा समेत जोशीले हार बेहोरे । यी ३ वटा हारबाट विचलित नभएका जोशी २०७९ सालको आम निर्वाचनमा पुनः उमेदवार बनेका थिए । संसदीय राजनीतिको पाँचौ उमेदवारीमा पनि जोशीलाई असफलता मिलेको छ ।
२०७२ सालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा हार बेहोरे तर पछि उनलाई केन्द्रिय सदस्यमा मनोनित गरियो । जोशीले पहिलो पटक हारको संकेत भोगेपछि २०७४ सालको आम निर्वाचनमा उनी दोस्रो पटक पराजय वेहोर्न बाध्य भए । जोशीको पराजयको यात्रा २०७८ सालमा भएको गण्डकी प्रदेश कमिटिको अधिवेशनमा पुनः दोहोरियो, उनी प्रदेश अध्यक्षमा पराजीत भए । ३ पटकसम्म हार वेहोरेका जोशी यत्तिमै रोकिएनन् पुनः उनी २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधि सभाका उमेदवार बने । यो निर्वाचनमा पनि जोशीले सफलता पाउन सकेनन् ।
यस अघि लगातार जीतको ह्याट्रिक गरेका जोशीले यस पटक भने हारको ह्याट्रिक भन्दा माथि पुगेका छन् । जीतमा होस् या हारमा निरन्तर राजनीतिमा सक्रिय जोशी उनका बुवा अमृत जोशीको राजनैतिक विरासतका कारण रानीतिमा उदाएका थिए । पर्वत कांग्रेसमा लामो समय नेतृत्वमा रहेका अमृत जोशीका जेठा छोरा अर्जुन जोशीले जिल्लामा आन्तरीक पाटी संगठनमा भने उदारता देखाएका छैनन् । बुवा पछि आफू जिल्ला सभापति बनेका जोशीले पछिल्लो समय भने आफ्ना भाई युवराज जोशीलाई जिल्ला पाटी सभापति बनाएका छन् ।
पाटी पारिवारिक कब्जामा रह्यो भन्ने कांग्रेस पाटी भित्र ब्यग्र आलोचना भएका कारण पनि जोशीका पराजीत यात्राहरु नरोकिएको स्वय्म कांग्रेस कार्यकर्ताहरुको भनाई छ । पहिलो पटक संसदीय निर्वाचन हारे पछि राजनीतिबाट पलायन हुने आकलनलाई जोशीले परास्त पारेकै कारण उनी पाँचौ पटकसम्म उमेदवार बन्ने अवसर भने प्राप्त गरेका हुन् । यस अघि ३ पटक निर्वाचन जिते पनि जोशीलाई पाटीले मन्त्रीको जिम्मेवारी भने दिएको थिएन् । यस पटक मन्त्रीको जिम्मेवारी लिने अठोट सहित जोशी निर्वाचनमा होमिएका थिए । चौथौँ पटक हार बेहोरेका जोशीले अझै पनि राजनीतिमै सक्रिय हुने संकेत भने गरीसकेका छन् । आजको अर्थ वीट साप्ताहिकमा खबर छ




