८ मंसीर, पर्वत । प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवर विजयी भएका छन् । एमालेका कुँवरले नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गरेका हुन् ।
भक्त कुँवरले १६०८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३७४२ मत प्राप्त गरेका छन् ।
एमालेका कुँवरले २३३९ मतको अन्तर सहित निर्वाचित भएका हुन् ।




