Print

मध्यरातमा मतान्तर बढाए गिरीले

८ मंसीर, पर्वत । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उमेदवार पदम गिरीले मतान्तर बढाएका छन् । नेपाली कांग्रेसका उमेदवार अर्जुन जोशीलाई १४२२ मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन् ।

भुक, दुर्लुङ, थापाठाना, ठृलिपोखरी, पाङराङ, लिमिठाना र चुवा, पिपलटारी क ग , खानीगाउँ, ठुलिपोखरी ग, मुडिकुवाको मतगणना हुँदा ३७२ मतले गिरीले अग्रता लिएका हुन् ।

गिरीले २५१२० मत ल्याउँदा जोशीले २३६९८ मत ल्याएका छन् ।