७ मंसीर, पर्वत । प्रतिनिधि सभा तर्फ कुल खसेको आधा मतको गणना सकिएको छ । कुल खसेको ६६ हजार २ सय १६ मत मध्ये अहिले विहानसम्म ३३ हजार ६७ मतको गणना सकिएको हो ।
हालसम्म पैयू गाउँपालिका, जलजला गाउँपालिका, विहादी गाउँपालिकाका सवै वडाहरुको मतगणना सकिएको छ । महाशिलाका केहि वडाहरुको र कूश्मा, फलेवास तथा मोदी गाउँपालिकाका केहि वडाहरुको मतगणना हुन अझै बाँकी रहेको छ ।
जारी मतगणनामा प्रतिनिधि सभा तर्फ एमालेका पदम गिरीले ७९५ मतान्तार सहित अग्र भागमा छन् ।




