Print

अपडेट : प्रदेश सभामा एमालेका बस्यालको फराकिलो अग्रता

६ मंसीर, पर्वत । प्रदेश सभा निर्वाचनमा पर्वत जिल्लाबाट प्रदेश सभा २ मा एमालेका मित्रलाल बस्यालले फराकिलो अग्रता कायम गरेका छन् ।

उनले कांग्रेसका ऋषीकेश तिवारीलाई १८१८ मतान्तरले पछि पारेका छन् । जिल्लाको पैयू गाउँपालिका, विहादी गाउँपालिका र महाशिला गाउँपालिकाको मतगणना सकिन लाग्दा बस्यालले आफ्ना निकटम प्रतिद्धन्द्धी तिवारीले ६२५९ ल्याउँदा बस्यालले ८०६७ मत ल्याएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा फलेवास नगरपालिकाको मतगणना बाँकी रहेको छ ।