६ मंसीर, पर्वत । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनामा संघ तर्फ कांग्रेसका अर्जुन जोशी र प्रदेश सभा १ मा एमालेका भक्त कुँवर तथा प्रदेश सभा २ मा एमालेकै मित्रलाल बस्यालले अग्रता लिएका छन् ।
प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट निर्वाचनमा उठेका जोशीले एमालेका पदम गिरीलाई पछाडी पारेका छन् । जोशीले गिरीलाई दिउँसो २ बजेसम्मको मतपरिणाम अनुसार ६१० मतले पछाडी पारेका हुन् । कांग्रेसका जोशीले ७२३० मत ल्याउँदा एमालेका गिरीले भने ६६२० मत ल्याएका छन् ।
हालसम्म पैयू गाउँपालिकाका सवै वडाहरु र जलजला गाउँपालिका वडाहरुको मतगणना सम्पन्न भएको छ । जलजला गाउँपालिकाको धाइरिङको एउटा मत पेटिकाको भने मत गणना भईरहेको छ । प्रतिनिधि सभा तर्फ विहादी गाउँपालिकाको रानीपानी र बाच्छाको पनि मतगणना भईसकेको छ ।
उता, प्रदेश सभा १ तर्फ एमालेका कुँवरले माओवादीका सुदीप कँुवरलार्इं ११० मतले पछाडी पारेका छन् ।
यसैगर िप्रदेश सभा २ तर्फ भने एमालेका मित्रलाल बस्यालले कांग्रेसका ऋषीकेश तिवारीलाई १४९१ मतले पछाडी पारेका छन् । तिवारीलाई बस्यालले फराकिलो मतान्तरण पछाडी पारेका हुन् ।




