Print

गठबन्धन चुनावी प्रचारमा, भावी प्रधानमन्त्रीको बिषयमा उमेदवार नै अन्यौलमा

१६ कार्तिक, पर्वत । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेको विरुद्ध सत्ताधारी गठबन्धन चुनावी मोर्चामा छ । २०७४ सालमा बामतालमेल मार्फत निर्वाचन लडेका २ ठूला कम्युनिष्ट पाटीहरु एमाले र माओवादी केन्द्र अहिले दुई धुव्रमा छन् । एमाले एक्लै निर्वाचनमा होमिएको छ भने माओवादी कांग्रेससंग चुनावी मोर्चामा । सत्ता गठबन्धनका अरु समेत गरी ५ दलहरु एउटै मोर्चामा रहेर निर्वाचनमा गए पनि भावी प्रधानमन्त्रीको विषयमा भने गठबन्धन अझै पनि मौन छ ।

एमालेले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई निर्णय गरी ओलीको नेतृत्वमा सरकार बनाउनका लागि मत मागिरहेको छ । उता, गठबन्धन भित्रको कांग्रेस, माओवादी समेत अन्यौलमा छन् । २ ठूला दल वीच प्रधानमन्त्रीको विषयमा कुनै पनि सहमती नभएका कारण उमेदवारहरु समेत अन्यौलतापूर्वक मत मागीरहेका छन् ।

पर्वतमा प्रतिनिधि सभामा कांग्रेसका उमेदवार अर्जुन जोशी छन भने प्रदेश सभा १ मा माओवादीका सुँदीप कुँवर र प्रदेश सभा २ मा कांग्रेसका ऋषीकेश तिवारी छन् ।
३ जना उमेदवार नै घर दैलो र चुनावी कोणसभामा पुग्दा मतदाताले भावि प्रधानमन्त्रीको विषयमा जिज्ञासा राख्ने गरेका छन् । भावि प्रधानमन्त्रीको विषयमा कांग्रेस र माओवादीले संस्थागत निर्णय नगार्द उमेदवारले समेत त्यो कुरा बताउन सकिरहेका छैनन् । जोशीले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गर्छन भने माओवादीका कुँवरले भावि प्रधानमन्त्रीको निक्यौल भईसनकेका कारण प्रधानमन्त्री प्रचण्ड पनि हुनसक्ने दाबी गर्छन् ।

गठबन्धनले प्रदेशमा समेत भावि मुख्य मन्त्री को भन्ने निधो नगरी निर्वाचनमा होमिएको छ । यो कुराले के संकेत गर्दछ भने निर्वाचन पछि सत्ताधारी गठबन्धनमा विभाजन आउने र नयाँ समिरकण सहितको सरकार समेत बन्नसक्छ ।