१० कार्तिक, पर्वत । जिल्लाको महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
निर्माण प्रक्रिया शुरु भएपछि प्राविधिक समस्याका कारण अलपत्र परेको उक्त मोटरेवल पुलको निर्माण प्रक्रिया पुनः शुरु हुन लागेको हो । संघीय सरकारले निर्माण गर्ने गौरबको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने उक्त मोटरेवल पुलको निर्माण प्रक्रिया शुरु भई केहि प्रतिशत निर्माण कार्य सकिएको छ । निर्माणकै क्रममा निर्माणको वेसमा ढुंगा परेका कारण उक्त पुलको निर्माण प्रक्रिया रोकिएको थियो ।
प्रदेश सरकारका पूर्व मन्त्री विकास लम्सालले पुलको शिल्यान्यास गरेका थिए । निर्माणधिन पुलमा प्राविधिक समस्या देखाएर निर्माण कम्पनीले पुलको निर्माण कार्य वीचमै छोडे पछि पूर्व सांसद पदम गिरीले निर्माण ब्यवसायीलाई दबाव दिएर पुनः पुलको निर्माण कार्य शुरु भएको थियो ।
पुलको निर्माण कार्य २० प्रतिशत भन्दा बढि सकिएपछि पुलको बेसमा रहेको ढुंगा र माथिबाट आएको पहिरोका कारण पुलको निर्माण कार्य लामो समय अलपत्र परेको छ ।
विसं २०७४ मा पुल निर्माण गर्ने जिम्मा पाएको नयाँ बाटो गौचन जेभीले नै फेरि पुल निर्माण कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । २५ मिटरको यस पुलको लागत ५ करोड ६४ लाख रहेको छ ।
पर्वतको दक्षिणी क्षेत्रको महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको यो आयोजनाले यो क्षेत्रको यातायात सञ्जालमा महत्वपूर्ण भूमिका खेल्नेछ । मुख्य गरी जिल्लाको फलेवास नगरपालिकाका केहि वडाहरु, विहादी र पैयू गाउँपालिकालाई जिल्ला सदरमुकामसंग छोटो दुरीमा यो सडकले जोड्छ ।
पूर्व सांसद पदम गिरीले लामो समय अलपत्र उक्त सडकको निर्माण कार्य तिहार पछि शुरु गर्ने गरी कार्यालय र निर्माण ब्यवसायीले प्रतिबद्धता ब्यक्त गरेको उल्लेख गरेका छन् । कालीगण्डकी लोकमार्गको सडक फलेवासको मुख्य भाग हँुदै अर्मादीमा गएर मध्यपहाडी लोकमार्गमा जोडिन्छ ।
अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार
रानीपानी-फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको लागि १ अर्ब २४ करोडको ठेक्का खुल्यो
कालीगण्डकी लोकमार्ग सांसद गिरीद्धारा अवलोकन, बजेट अभाव हुन नदिने प्रतिबद्धता
कालीगण्डकी लोकमार्गको पर्वत खण्ड : पुरै खण्डमा १ सय मिटर ट्रयाक्क खन्न बाँकी




