२६ भदौ, पर्वत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि राजनैतिक दलहरु आन्तरीक तयारीमा जुटेका छन् । मंसीर ४ को निर्वाचनमा एमालेलाई एक्लो बनाएर ५ दलहरुले गठबन्धन गरी निर्वाचन लड्दै छन भने एमाले केहि साना दलहरुको साथमा निर्वाचनमा होमिदैछ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धन मार्फत पर्वत जिल्लाका सवै सिटहरु सुरक्षित गरेको एमालेले त्यो विरासत जोगाउने गरी योजना बनाईरहेको छ ।
पर्वत जिल्लामा नेकपा एमाले बलियो शक्ति भएको र स्थानीय तहको निर्वाचनमा धेरै जनप्रतिनिधिहरु जितेका कारण एमालेले आगामी निर्वाचन सहज हुने आकलन गरिएको छ । बलियो शक्ति एमालेलाई पछि पार्नका लागि कांग्रेसले भने माओवादी, समाजवादी, जनमोर्चा लगाएतका दलहरुको साथ खोजीरहेको छ ।
केन्द्रिय स्तरमा हुने गठबन्धनलाई पर्वत जिल्लाले सहर्ष स्विकार गरि बलियो शक्तिसंग निर्वाचनमा पौठेजोरी खोज्ने तयारीमा कांग्रेस जुटेको देखिन्छ । यद्यपि स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेस वीचको गठबन्धन सोचे अनुसारका उपलब्धिमुलक नभएका कारण गठबन्धन प्रति कांग्रेस माओवादीका नेताहरुले भने शंका गरीरहेका छन् ।
गठबन्धनमा इमानदारी नभई गठबन्धनका शीर्ष नेताहरु नै फरक मत लिएर निर्वाचनमा जनतासंग जाने गरेको विगतको दृताष्टका कारण पनि कांग्रेसलाई आगामी निर्वाचन पर्वत जिल्लाको लागि सहज छैन् ।
अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार




