Print

युवाको क्षेत्रमा मोदी गाउँपालिका प्रदेश कै उत्कृष्ट

२४ साउन, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले युवा क्षेत्रमा गरेको कामको मूल्यांकन गर्दैै प्रदेशकै प्रथम पुरस्कार प्रदान गरिएकोछ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले प्रदेश भरीमा युवाको क्षेत्रमा काम गर्ने पालिकाहरु मध्ये अंक तालिकको आधारमा ८८ दशमलब ५ अंक सहित प्रदेशकै प्रथम घोषणा गरेको हो ।

योसंगै गाउँपालिकाले ५ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उक्त पुरस्कार ग्रहण गरेकी छिन् ।

एक कार्यक्रमका वीच युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगद रकम, सम्मान पत्र गाउँपालिका अध्यक्ष शर्मालाई हस्तान्तरण गरेका हु्न् ।

गाउँपालिकाले युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत युवा मैत्री स्थानीय तहका सुचकहरुमा आधारित मूल्यांकनमा प्रथम स्थान हासिल गरेको हो ।