२४ साउन, पर्वत । जिल्लामा विद्युत समस्याका कारण करेण्ट लागेर पर्वत जिल्लामा विगत १ बर्षमा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार विगत १ बर्षको अवधिमा जिल्लामा १७ जना करेण्ट लागेर घाइते भएका छन् ।
यो अवधिमा घाइते भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहे पनि विद्युत प्रसारण लाईनमा आउने समस्याका कारण यस्तो दुर्घटना भएको प्रहरीको भनाई छ । विद्युत प्रसारण लाइनमा गरिएको हेलचेक्राइका कारण पटक पटक यस्ता दुर्घटना हुने गरेका छन् ।
हिजो मात्रै जिल्लाको जलजला गाउँपालिका धाइरिङमा विद्युत प्रवाहमा आएको समस्याका कारण १ जनाको मृत्यु र अन्य ४ जना घाइते भएका थिए ।
पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत




