३१ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको वित्तिय प्रगति ८३।७५ प्रतिशत भएको छ । चालु आर्थिक बर्ष २०७८/०७९ मा गाउँपालिकाको वित्तिय प्रगति ८३.७५ प्रतिशत भएको हो । गाउँपालिकाले आर्थिक बर्षको अन्तिममा आफ्नो वित्तिय प्रगति सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अनुसार चालु बर्षमा चालु तर्फ ८५.८२ प्रतिशत प्रगति भएको छ । यसैगरी पुँजीगत तर्फ ७९.९ प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका केहि आयोजनाहरुको काम सम्पन्न नभएका र केहि क्रमागत योजनाहरु भएका कारण पूँजी तर्फको वित्तिय प्रगति सत प्रतिशत नपुगेको हो । गाउँपालिकाले आफ्नो वित्तिय प्रगतिलाई सन्तोषजनक भनेको छ ।




