२५ असार, पर्वत । निर्माणधिन मालुढुंगा वेनी सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शुक्रबार रातीको बर्षातका कारण मालढुंगा नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउनका लागि बर्षातका कारण असहज भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध बनेपछि लामो यात्राका सवारी साधनहरुलाई बागलुङ–रत्नेचौर–वेनी सडक हुँदै यात्रा गर्न प्रहरीले सुझाब दिएको छ ।




