Print

कांग्रेस पूर्व वडा सभापति र तरुण दलका वडा सभापति एमालेमा प्रवेश

२४ जेठ, पर्वत । जिल्लाको जलजला गाउँपालिका बनौमा ३ जना नेपाली काँग्रेसका नेता एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका पूर्व वडा सभापति पृथ पुर्जा पुन, तरुण दल वडा सभापति यामबहादुर पुन र वडा सदस्यका उम्मेदवार टकमाया पुन एमालेमा प्रवेश गरेका हुन् ।

तीनै जनालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद पदम गिरी, प्रदेश कमिटि सचिवालय सदस्य मेघनाथ सुवेदी र नेकपा एमाले जलजला गाउँपालिकाका अध्यक्ष लालबहादुर अधिकारीले स्वागत गरे । नेपाली काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उहाँहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नो अस्तित्वनै समाप्त पारेर अन्य दलको चिन्हमा भोट हाल्न लगाएको समेत उनीहरुको आरोप छ ।

कार्यक्रममा बोल्दै सांसद गिरीले यो मूलुकको भविष्य निर्माण गर्ने एकमात्र दल एमाले भएको बताउँदै नवप्रवेशी नेताहरुलाई पार्टीले उचित जिम्मेवादी प्रदान गर्ने बताए ।
उनले बनौमा नेकपा एमालेको सक्रिय संगठन बनाउन एकजुट भएर लाग्न समेत आग्रह गरे ।