Print

कुश्मा नगरपालिकामा जोशीको दोस्रो ईन्ट्री

७ जेठ, पर्वत । जिल्लाको ठूलो र पुरानो नगरपालिका कुश्मा नगरपालिकाको मेयर पदमा रामचन्द्र जोशीको दोस्रो पटक इन्ट्री भएको छ । उनले दोस्रो पटक पनि नगरप्रमुखको पद निर्वाचनबाट जिते पछि दोस्रो कार्यकालका लागि नगरपालिकामा इन्ट्री गरेका हुन् ।

शुक्रबार सपथ ग्रहण गरेलगतै उनले नगरपालिकामा गएर पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जोशीको यो दोस्रो कार्यकाल हो । ५ बर्ष अघि पनि उनी कांग्रेसबाटै निर्वाचीत भएका थिए । दोस्रो पटक मेयरको पदभार सम्हालेका जोशीले विकासका ठूला सपना बाडेनन् । आफ्ना अधुरा योजना पुरा गर्ने उनको पहिलो उद्देश्य छ । पदभार ग्रहण कार्यक्रममा उनले सुनाएका ३ योजना छन् ।

पहिलो नगरपालिकाको कार्यालय बनाउने, वडाहरुको वडा कार्यालय बनाउने रहेको छ । उनले सवै वडा कार्यालयसम्म पुग्ने कालोपत्रे सडकको लागि पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् । सम्बद्ध सुन्दर कुश्मा नगरलाई साकार बनाउन आफूले पहल गर्ने जोशीले बताए ।

पहिलो कार्यकालमा ठूला पूर्वाधारका कामहरु देखिने गरी नगरपालिकाको नेतृत्वमा नभएको गुनासा आएपछि उनले यस पटक भने देखिने गरी पूर्वाधार निर्माणको काममा समय खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

जोशीले नगरपालिकाको नगरप्रमुखकको कार्यकक्षमा आफ्नो पदभार ग्रहण गरेका थिए ।