२ जेठ, पर्वत । स्थानीय तहका निर्वाचनहरुमा रोचक रोचक घटनाहरु घटिरहेका छन् । यस अघि दलहरुले आफ्नो बचश्व रहेको दावी गरेका स्थानहरुमा उनीहरुको जनमत घटेको छ । यसैको एउटा उदाहरण हो, फलेवासको खानीगाउँ । कुनै बेला एमालेले निर्विरोध गाविस अध्यक्ष पाउने गरेको यस वडामा अहिले कांग्रेसको अवस्थामा सुधार भएको छ ।
नगरप्रमुख पदमा पछिल्लो मतपरिणाम अनुसार एमालेले भन्दा कांग्रेसले धेरै मत प्राप्त गरेको छ । एमाले जिल्ला उपाध्यक्ष समेत रहेका पदमपाणी शर्माको भन्दा ५७ मत बढि कांग्रेसका मेयर पदका उमेदवार गंगाधर तिवारीले ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३७१ मत ल्याउँदा कांग्रेस ४२८ मत ल्याएको छ ।
यसैगरी उपमेयरमय भने एमालेको अग्रता छ । एमालेकी उपमेयर मञ्जु अधिकारीले ३७५ मत ल्याउँदा माओवादीकी उमेमेयर शोभा क्षेत्रीले ३३५ मत ल्याएकी छिन् । यद्यपि अधिकारीले ल्याएको यो मत पनि खानीगाउँमा थोरै मत हो ।
खानीगाउँ अधिकारीको गृह वडा पनि हो । वडाअध्यक्षमा एमालेले सवैभन्दा धेरै ४३३ मत ल्याएको छ । वडाअध्यक्षमा आएको मतको तुलनामा मेयर र उपमेयर दुवै जनाको मतको दर निकै कम देखिएको छ । खानीगाउँमा वडाअध्यक्षमा भने कांग्रेसका उमेदवारको भन्दा १२० मतान्तर रहेको छ ।




