१ जेठ, पर्वत । नेकपा एमालेको आधार क्षेत्र मानिएको फलेवास नगरपालिका वडा न १ कार्किनेटामा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ ।
अन्य ४ सदस्य भने एमालेले जितेको छ । कुल ३ मतान्तरम कार्किनेटामा कांग्रेसले वडाअध्यक्ष जितेको बताइएको छ ।
गठबन्धनको तर्फबाट कांग्रेसका वडाअध्यक्षले जित निकालेका हुन् ।
एमालेका दिर्घनारायण पौडेललाई कांग्रेसका चोलानाकान्त उपाध्याय झिनो मतान्तरण पछि पार्दै निर्वाचन जित्न सफल भएका हुन् ।
योसगै हालसम्म कांग्रेसले २ वटा वडामा वडाअध्यक्षमा जित निकालेको छ भने १० वडा वडामा एमालेले जितेको छ । हालसम्म १२ वडाको नतिजा सार्वजनिक भएको छ ।




