Print

गठबन्धन प्रति माओवादीमा पनि असन्तुष्टि, महाशिला ५ को वडा कमिटि एमालेमा समाहित

२५ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा राजनैतिक समिकरणहरु परिर्वतन हुन थालेका छन् । निर्वाचन लक्षित गतिविधिहरु राजनैतिक दलहरुले अगाडि बढाईरहँदा पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गठबन्धन प्रति असन्तुष्टि जनाउँदै सिंगो वडा कमिटि नै एमालेमा समाहित भएको छ ।

नेकपा माओवादी केन्द्र महाशिला गाउँपालिका कमिटि उप संयोजक धनबहादुर क्षेत्री, वडा कमिटि अध्यक्ष विष्णुबहादुर क्षेत्री, उपाध्यक्ष कृष्णलाल अधिकारीको नेतृत्वमा वडा कमिटि नै एमालेमा समाहित भएको एमाले जिल्ला कमिटि सचिवालय सदस्य जीवन उचै ठकुरीले जानकारी दिए ।

महाशिलामा आयोजीत एक कार्यक्रमका वीच माओवादी केन्द्रको वडा कमिटिका सवै सदस्यहरु नै एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले प्रदेश कमिटि सदस्य पुष्ण पौडेल, जिल्ला सचिवालय सदस्य जीवन उचै ठकुरी लगाएतका नेताहरुले टिका लगाई एमालेमा स्वागत गरेका थिए ।

महाशिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उमेदवार छैनन् ।