Print

पौष २३ गते जिल्ला अधिवेशन : एमाले पर्वतले गर्यो यस्ता निणर्य

९ पौष, पर्वत । नेकपा एमालेले आगामी पौष २३ गते गर्ने जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । एमालेले जिल्ला कमिटिको १२ औं वैठकबाट आगामी पौष २३ गतेको जिल्ला अधिवेशनलाई सफल बनाउन विभिन्न कार्य तालिकाहरु समेत सार्वजनिक गरेको छ ।

एमाले जिल्ला अध्यक्ष पदम गिरी केन्द्रिय सदस्यमा मनोनित भएपछि गिरीले उपाध्यक्ष भक्त कुँवरलाई कार्यबहाकको जिम्मेवारी प्रदान गरेका छन् । केन्द्रिय कमिटिले जिल्ला अध्यक्षहरुले अध्यक्षता गरी जिल्ला अधिवेशन सम्पन्न गर्नसक्ने निर्णय गरेता पनि अध्यक्ष गिरीले उपाध्यक्ष कुँवरलाई कार्यबहाकको जिम्मेवारी प्रदान गरेका हुन् । कार्यबहाक अध्यक्षको अध्यक्षतामा वसेको वैठकले आगामी पौष १७ गते जिल्ला भरका सवै वडाहरुमा जिल्ला अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि चयनका लागि खुल्ला प्रतिनिधिका लागि ५० जना बराबर १ जना तथा महिला र दलित प्रतिनिधिका लागि सदस्य संख्या ४० कायम भएको कार्यबहाक अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।

यसैगरी प्रतिनिधि यचनका लागि सवै पालिका कमिटिले आफ्नो कमिटिबाट २ जना प्रतिनिधि चयन गर्न पाउनेछन भने जनवर्गिय संगठनहरुबाट १/१ जनाका दरले प्रतिनिधि वैठकबाट चयन गर्न पाउनेछन् ।

अल्पसंख्यक र अपांगता भएकाहरुका लागि जिल्ला लाई एक क्षेत्र मानेर १/१ जनाको प्रतिनिधित्व गराउने निर्णय वैठकले गरेकोछ ।

वैठकले जिल्ला कमिटिमा ३९ जना सदस्यहरुलाई मनोनित समेत गरेको छ । मनोनित हुनेहरुमा गणेश गिरी, तुलसी रेग्मी, तेजप्रसाद चापागाई, शिवप्रसाद पौडेल, अनिता रेग्मी, हर्कमान गुरुङ, सुवाचन्द्र पौडेल, ओमबहादुर कुँवर, हरीओम शर्मा लामिछाने, केदारनाथ शर्मा, धनकुमारी शर्मा, थमनारायण पौडेल, चिरन्जीवि अधिकारी, महेन्द्र जोशी, रुद्र गिरी रहेका छन् ।

यसैगरी अन्य मनोनतिहरुमा चन्द्रबहादुर क्षेत्री, सुजन विक, राजेन्द्र पौडेल, टेकबहादुर जिसी, शान्ति कुमारी शर्मा, सरस्वती भण्डारी, रमेश गौतम, लालबहादुर हरीजन, जंगबहादुर पुन, ओमबहादुर भण्डारी गोपाल, रामबहादुर गुरुङ, निर्मल नपाली, विकास तिमिल्सीना, चण्डी भुर्तेल, नारायण शर्मा, चन्द्रबहादुर राना, सिता परियार,शालिग्राम शर्मा, शर्मिला नेपाली, हरी रसाईली, कमल लामिछाने, पुन्यप्रसाद तिवारी, वैकुष्ठ भुषाल र दाताराम चापागाई रहेका छन् ।

वैठकले अधिवशेनका लागि भक्त कुँवरको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पदमपाणी शर्माको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन उप समिति, गोविन्द पहाडीको संयोजकत्मा मञ्च तथा स्टेशनरी ब्यवस्थापन उप समिति गठन गरेको छ ।

यसैगरी विष्णु प्रसाद नेवारको संयोजकत्वमा आर्थिक उप समिति, शिवलाल सार्कीको संयोजकत्वमा खाद्य तथा आवास उप समिति, जीवन उचै ठकुरीको संयोजकत्मा प्रचार प्रसार उप समिति, इश्वरी प्रसालको संयोजकत्वमा अतिथि सत्कार तथा ब्यवस्थापन उप समिति तथा खुमप्रसाद सुवेदीको संयोजकत्मा जनपरिचालन उप समितिको गठन गरेको छ ।

यसैगरी शिव पौडेलको संयोजकत्वमा स्वयमसेवक ब्यवस्थापन उप समिति र बसन्ती गुरुङको संयोजकत्वमा स्वास्थ्य ब्यवस्थापन उप समितिको गठन गरेको छ ।