१८ मंसीर, पर्वत । पर्वतमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका पाँच पत्रकारलाई सिर्जनशिल पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल पर्वत शाखाले स्थापना गरेको ‘प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कार’वाट उनिहरु पुरस्कृति हुने भएका हुन् । शाखाले हरेक वर्ष एक/एक जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
यस वर्ष २०७४ सालदेखि २०७८ सम्म हरेक वर्षको एक एक जना गरी एकै पटक पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रेस चौतारी पर्वतका सचिब सुवास लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पत्रकारहरु लक्ष्मीप्रसाद सापकोटा लक्ष्मणलाई (बर्ष २०७४), कृष्ण अखेलीलाई (बर्ष २०७५), सुवास लामिछानेलाई (बर्ष २०७६), रमा सुवेदी शान्तीलाई (बर्ष २०७७) र महेन्द्रबहादुर जिसीलाई (बर्ष २०७८) को ‘प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निणर्य भएको छ । पुरस्कार छनौट समितिले गरेको उक्त निणर्य शनिवार सम्पन्न शाखाको वैठकले अनुमोदन गरेको छ । प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माको संयोजकत्वमा चौतारीका अनुशासन आयोग सदस्य सन्तोष थापा र पूर्व अध्यक्ष गणेश पौडेल रहेको पुरस्कार छनौट समितिले उनीहरुकोे नाम सिफारीस गरेको हो ।
आगामी पुष ३ गते हुने सम्मान, पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रममा पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि जनही रु २१ हजार १ सय ११ रहेको छ ।
शाखाका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको वैठकले शाखामा बरिष्ठ योगादन पुराउने शाखाका संस्थापक भोलानाथ शर्मा, संस्थापक दुर्गाप्रसाद शर्मा तथा पूर्व अध्यक्षहरु राजेन्द्र पहाडी, इन्द्रमान खत्री, गणेश पौडेल र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान गर्ने समेत निर्णय गरेको छ ।
शाखाले आगामी पुष ३ गते समाजवाद उन्मुख आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका विषयक एक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरी पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय गरेको शाखाका अध्यक्ष गणेश गिरीले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गर्न लागिएको छ ।
शाखाको आज वसेको वैठकले शाखाका संस्थापक कोषाध्यक्ष हरीओम शर्मा लामिछाने प्रेस काउन्सिलको संपरिक्षण समितिको सदस्यमा मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ । शाखाले पुरस्कार वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागि विभिन्न उप समितिहरुको समेत गठन गरेको छ ।




