Print

एमालेको नगर अधिवेशन : फलेवास नगर अध्यक्षमा तिमिल्सीना र सचिवमा भुषाल निर्वाचित

५ मंसीर, पर्वत । नेकपा एमालेको नगर अधिवेशन अन्तर्गत जिल्लाको फलेवास नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन शत्र पछि रोकिएको अधिवेशनको बन्द शत्रबाट नगर अध्यक्षमा देवीप्रसाद तिमिल्सीना निर्वाचित भएका छन् ।

नगर कमिटिको आज सम्पन्न निर्वाचनमा तिमिल्सीनाले कुल मत १ सय १५ मत प्राप्त गरी नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी वैगुठ भुषालले १२ मत प्राप्त गरेका थिए । एमाले भित्रको अन्तर संघर्षमा तिमिल्सीना फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा निकट हुन भने भुषाल प्रदेश सांसद विकास लम्साल निकट हुन् ।

यसैगरी उपाध्यक्षमा नेत्र विक निर्वाचित भएका छन् । सचिवमा भने युवा संघका नेता गोविन्द भुषाल निर्वाचित भएका छन् ।

यस अघि ने उप सचिवमा आशिष श्रेष्ठ र दिपक भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् ।