Print

पर्वत अस्पतालमा निर्माणधिन नयाँ भवनको ६५ प्रतिशत काम सकियो

१२ असोज, पर्वत । ५० शैयाको अस्पताल निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको पर्वत अस्पतालको नयाँ भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । भवन निर्माणको काम शुरु भएको ३ बर्षमा भवनको ६५ प्रतिशत निर्माण कार्य सकिएको हो ।


शहरी विकास कार्यालय बागलुङका प्रमुख प्रभाकर लाल कर्णका अनुसार निर्माणधिन ५ बटा ब्लकको कुल ६५ प्रतिशत निर्माण कार्य सकिएको हो । भवन निर्माणको जिम्मा पाएको श्याम सुन्दर/गोर्खा जे.भीका इन्जिनियर अमित पाण्डेले भवनकोे निर्माण कार्य झण्डै ७० प्रतिशत सकिएको दावी गरेका छन् । कुल ५ वटा ब्लकमा निर्माण कार्य शुरु गरिएको उक्त भवनको एउटा ब्लकको जमिन भने भाँसिएको छ । इन्जिनियर पाण्डे भन्छन–‘भाँसिएको जमिनको भौर्गभिक अध्ययन गरेपछि मात्र उक्त स्थानको भवन निर्माण अघि बढ्छ ।’

५ भवन मध्ये ३ वटा भवनको काम अन्तिम चरणमा रहे पनि निर्माण कार्य भएको कुल भवनको बा्रँकी निर्माण कार्य सक्न अझै केहि समय लाग्ने पाण्डेले जानकारी दिए । भवन निर्माण गर्न बर्षात र कोभिडका कारण ढिलाई भएको पाण्डेको भनाई छ ।

शहरी विकास कार्यालय मार्फत निर्माण भइरहेको उक्त भवन कुल २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । भवनको कुल लागतको ६२ प्रतिशत वित्तिय खर्च भईसकेको इन्जिनियर पाण्डेले जानकारी दिए ।

निर्माणधिन भवनको जमिन भाँसिएको ब्लक

भवनको निर्माण कार्य ०७७ पुस २७ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिड र निर्माण कार्यको ढिलाईका कारण निर्माणको काम अझै बाँकी रहेको हो ।
कार्यालय प्रमुख कर्णका अनुसार भवन निर्माण हुने जमिन रहेको ठाउँको भौर्गभिक अध्ययनको रिर्पोट आए पछि जमिन भाँसिएको ठाउँमा निर्माण कार्य शुरु हुने जानकारी दिए । उनले भवन निर्माण कार्यमा अत्याधिक बर्षातका कारण निर्माण कार्यमा थप ढिलाई भइरहेको समेत बताए ।

आगामी दशैं आगाडि ३ वटा ए, वि र सि भवनको निर्माण कार्य सक्ने गरी योजना गरिए पनि बर्षात कारण निर्माण कार्य प्रभावित भइरहेको कार्यालय प्रमुख कर्णको भनाई छ ।  अर्थ वीट साप्ताहिकबाट