२३ भदौ, पर्वत । माओवादी केन्द्र पर्वतका प्रभावशाली नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापालाई एमाले पर्वतका अध्यक्ष एव्म सांसद पदम गिरीले स्वागत गरेका छन् ।

माओवादी केन्द्रमा लामो समय राजनीति गरेका थापा दक्षिण पर्वतका बासिन्दा हुन् । माओवादी केन्द्रको पर्वत काठमाण्डौं सम्पर्क मञ्चको उपाध्यक्ष समेत रहेका थापाले माओवादीबाट देशविकास नहुने निश्चित भएपछि एमालेमा प्रवेश गरेको बताएका छन् ।
पैयूको बेउलीबास निवासी थापालाई एमालेमा स्वागत गर्दै जिल्ला अध्यक्ष गिरीले जनताको पाटी एमाले नै भएकाले यस प्रति जनताको अगाध आस्था र विश्वास रहेको बताएका थिए । माओवादी केन्द्र पर्वतमा क्रमशः कमजोर बन्दै गएको छ ।




