Print

पहिरोको वितण्डा : युनाइटेड मोदी हाइड्रोपावरमा विगत ५ दिन देखि विद्युत उत्पादन बन्द

२१ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तत्लो मोदी खोला १ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । पहिरोका कारण विगत ४ दिन देखि उत्पादन बन्द रहेको आयोजनाका प्रवन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

आयोजनाको क्यानल र इन्टेकमा समय पहिरो र बाढिले क्षति पुराएको छ । बाढि र पहिरोका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढिका कारण आयोनजामा करोडौ रकम क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

पहिरोका कारण ४ सय देखि ५ सय मिटर लामो क्यानल सवै माटोले पुरेको छ । पहिरोले ४ नम्बर प्रसारण लाइनको टावर समेत बगाएको छ । पहिरोले आयोजनामा  ४ देखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए । दोविल्ला स्थित सुन्दरे खोलाले आयोजनाको शेयरवाल क्यानल र वेसमेण्ड सवै पुरेको गौतमको भनाई छ ।