Print

कम्युनिष्ट पाटी पर्वतका संस्थापक चालिसे स्वतन्त्र बस्ने, समाजवादी पाटीमा गएनन्

१३ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पाटी पर्वतका संस्थापक तोयनाथ चालिसे स्वतन्त्र बस्ने भएका छन् । नेकपा एमाले जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य समेत रहेका चालिसे पाटी एकताको लागि भन्दै स्वतन्त्र बस्ने भएका हुन् । नेकपामा विभाजन आउँदा माधव समूहमा देखिएका चालिसे अन्ततः एमाले र समाजवादी दुवै पाटीमा सहभागी नहुने घोषणा गरेका हुन् ।

पर्वत जिल्लाको कम्युनिष्ट आन्दोलनका सवै भन्दा पुराना नेता चालिसे साविक शिवालय गाविसका पूर्व उपाध्यक्ष समेत हुन् । पाटीको आन्तरीक जीवनमा माधव नेपाल निकट भनेर चिनिएका चालिसे नेकर्पा एकिकृत समाजवादी पाटीमा सहभागी हुने चर्चाका वीच उनले त्यो पाटीमा सहभागी नहुने स्पष्ट पारेका छन् । फेसवुकमा स्टाटस लेख्दै चालिसे पाटी एकताको लागि नेतृत्वलाई दवाव दिन आफू दुवै पाटीमा सहभागी नहुने धारणा सार्वजनिक गरेका हुन् ।

चालिसेले आफू सधै पार्टीको विधि र सिद्धान्तमा अडिग रही पाटीको काममा लागि रहेको बेलामा पाटी विभाजनले जीवनकै ठूलो दुःख लागेको बताएका छन् ।
उनले अझै पनि नेतृत्वले सुझबुझका साथ सवैलाई मिलाएर पुनः एकिकरण गरी बाँकी कार्यभार पुरा गरी समाजवादको यात्रामा गोलबन्द गर्न आब्हान गरेका छन् । उनले भनेका छन्–‘म कुनै समूहमा नलागी स्वतन्त्र रुपमा एकताको पहल गर्न दबाव दिन्छु ।’

चालिसे एमाले भित्रको आन्तरीक धुव्रीकरण हुँदा माधव नेपालका कार्यक्रमहरुमा सहभागी भएका थिए । माधव समूहले वेग्लै पाटी बनाए पछि भने उनी त्यो पाटीमा सहभागी नहुने र एमालेमा पनि सक्रिय नहुने भएका छन् । योसंगै पर्वतमा नेकपा एकिकृत समाजवादीमा सहभागी हुनसक्ने भनिएका पुराना नेताहरुको सहभागीता नहुने स्पष्ट भएको छ ।

एमालेका नेता कार्यकर्ताहरुले भने चालिसेलाई मुलधारकै पाटी एमालेमा बसेर पाटी एकता र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न आग्रह गर्दै आइरहेका छन् ।