Print

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ठाउँ-ठाउँमा अवरुद्ध

२५ असार, पर्वत । मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको छ । बर्षातसंगै गएको पहिरोका कारण पर्वत खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रहरीका अनुसार हिजो देखि अवरुद्ध अर्मादी खण्ड अझै खुलेको छैन भने चुवा र दोविल्ला भन्ने स्थानमा समेत सडक अवरुद्ध भएको छ । पर्वत खण्डका विभिन्न भागमा पहिरो गएको र पहिरो हटाउन आज दिउँसोसम्म समय लाग्ने प्रहरीको भनाई छ ।

धौलागिरी क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लालाई प्रदेश राजधानी पोखरासम्म जोड्ने एक मात्र लोकमार्ग अवरुद्ध हुँदा यात्रा कष्टकर भएको छ । मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयले पहिरो हटाउने काम निरन्तर गरीरहे पनि पटक पटक पहिरो जाने र बर्षात नरोकिँदा समस्या भएको जनाएको छ ।