Print

पहिरो पिडित ५८ परिवारलाई पूर्व सांसद गिरीको पहलमा खाद्यन्न सामाग्री वितरण

८ असार, पर्वत । एक साता अघि गएको पहिरोले पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा बस्तीनै स्थानान्तरण गर्नपर्ने गरी क्षती भएको छ । त्याहाँका कतीपय परिवार घरबार बिहिन भए ।

कहालीलाग्दो अवस्थाबाट गुज्रेका पहिरो पिडितलाई नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीले राहात प्रदान गरेर पीडितको घाँउमा मलम लगाउने काम गरेका छन् । गिरीले आईतबार आवश्यक खाद्यन्न सामग्री सहित पहिरो प्रभावित क्षेत्रमै पुगेर स्थलगत अबलोकन सगै राहत वितरण गरेका हुन् ।

उनले पहिरोका कारण बिस्थापित बनेका ५८ परिवारलाई चामल, तेल, नुन लगायतका खाद्य सामाग्री सहयोग गरेका छन्। राहात वितरण कार्यक्रममा बोल्दै उहाँले विपद्का बेला सहयोग गर्न नसक्ने जनताको सरकार नहुने बताए । पुर्व सांसद गिरीले जिल्लाबासीको लागी भोकभोकै बस्नु पर्ने स्थिती आउन नदिने प्रतिबद्धता समेत जनाए । उनले बाढीपहिरोको उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेर योजना बताउन पहल गर्ने आश्वासन समेत दिए ।

जिल्लामा यस वर्ष पनि पहिरोका कारण ठूलो धनजनको क्षति हुन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै तिनै तहका सरकारले योजना तयार पारी विस्थापितलाई राहातको प्रत्याभूति गराउनुपर्ने धारणा राखे ।

प्रभावित क्षेत्रमा अझैपनि व्यापक समस्या छ । सडकहरु अवरुद्ध छन् । पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका गिरीले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्तm गरेका छन् । राहात सामाग्री लिएर सो स्थानमा पुगेका गिरीले जलजला गाउँपालिकाको बाढीपहिरो ग्रस्त अन्य क्षेत्र जलजला ४ लामाखेत, खोलाखेत, लुङदी लगायतका स्थानहरुको अबलोकन समेत गरेका छन् । सो अबसरमा नेकपा एमालेका नेता मेघनाथ सुबेदी, लालबहादुर अधिकारी युवा संघ जिल्ला अध्यक्ष थमनारायण पौडेल, युवा संघ केन्द्रिय सदस्य अर्जुन पौडेल निर्जन,युवासंघ जलजला अध्यक्ष दिलिप बरुवाल लगायतको टोली समेत पुगेको थियो ।