Print

राधा माधव समिति पर्वतद्धारा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

५ असार, पर्वत । राधा माधव समिति नेपाल सत्संर्ग केन्द्र जिल्ला शाखा पर्वतले स्थापना दिवसको अवसरमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । समितिले आफ्नो स्थापना दिवसको अवसर पारेर खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।


समितिका सचिव गौरबदास वैरागीका अनुसार समितिले कुश्मा ५ मा रहेका विपन्न माझी समुदायका लागि खाद्यन्न सहयोग गरेको छ । माझी समुदायका लागि चामल, दाल नुन तेल तथा तरकारी लगाएतका सामाग्रीहरु वितरण गरिएको सचिव वैरागीले जानकारी दिए ।

यसैगरी समितिले सुरक्षा निकायहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । समितिले चण्डिका शसस्त्र प्रहरी बल, जिल्ला ट्राफीक कार्यालय र प्रहरीको अस्थायी वीटमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको समितिका अध्यक्ष सुनिल भुषालले जानकारी दिए ।