Print

पर्वतमा गम्भिर संक्रमीतको संख्या घट्यो, जिल्ला अस्पतालमा ५ जना संक्रमीत उपचाररत

१७ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणको दर बढेको देखिए पनि गम्भिर विरामीहरुको संख्या पछिल्लो समय घटेर गएको छ । अस्पतालमा उपचार गराउपर्नुपर्ने र भर्ना गर्नुपर्ने विरामीको संख्यामा केहि दिन देखि गिरावट आएको छ ।

अस्पताल श्रोतका अनुसार अहिले पर्वतको जिल्ला अस्पतालमा ५ जना मात्र विरामी उपचाररत छन् । वेर्डको समस्या हुनसक्ने आकलन गरेर वेडसंख्या थप गरिए पनि अहिले विरामीको संख्या घटिरहेको अस्पतालले जनाएको छ । आइतरबार मात्रै अस्पपतालमा २ जना विरामी डिस्चार्ज भएका थिए भने ५ जना उपचाररत छन् । १जना विरामीको भने रिफर गरिएको पर्वत अस्पतालले जनाएको छ ।

विगत ४ दिनको तथ्यांक हेर्दा प्रत्येक दिन विरामीको संख्या घटेको छ । गत विहिवार १४ जना विरामी उपचाररत थिए । त्यो संख्या प्रत्येक दिन घटेको अस्पतालले जनाएको छ । अहिले उपचाररत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाई छ ।

हालसम्म पर्वत अस्पताललमो ६७ जना कोभिडका विरामीले उपचार गराएका छन् । त्यस मध्ये ४९ जना निको भएर डिस्चार्ज भएका छन् भने ९ जना विरामीको अस्पतालले रिफर गरेको छ । हालसम्म अस्पतालमै उपचाररत ४ जना विरामीको भने मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार पर्वत जिल्लामा कुल १ सय ९ जना वेर्ड कोभिड विरामीको उपचारका लागि तयार गरिएका छन् । त्यस मध्ये शुक्रबारसम्म जम्म २१ जना विरामी अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य कार्यालयका अनुसार विरामीको संख्या तुलनात्मक रुपमा घट्दै गएको देखिन्छ । पोजेटिभ देखिएका विरामीहरु पनि अहिले होम आइसोलेसनमा बसेर उपचार गर्नसक्ने गरी स्वास्थ्य अवस्था सामान्य बन्दै गएको कार्यालयले जनाएको छ ।

केहि जटिल प्रकृतिका विरामीहरु भने उपचारका लागि जिल्ला बाहिरका अस्पताहरुमा रहने गरेका कारण ति सवै विरामीको तथ्यांक भने उललब्ध भएको देखिदैन ।