Print

पर्वतमा पनि भुकम्पको धक्का महशुस

५ जेठ,पर्वत । आज बिहानै पर्वत सदरमुकाम लगायत जिल्ला भर भुकम्पको धक्का महशुस गरिएको छ । बिहान ५.४२ बजेको समयमा भुकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, पर्वत, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।